सम्पर्क ठेगाना
प्रदेश प्रमुखको कार्यालय
गण्डकी प्रदेश, पोखरा, नेपाल
फोन: +९७७-०६१-४६७५५५
फ्याक्सः +९७७-०६१-४६७६६६
ईमेल mailto:info.oph@gandaki.gov.np
प्रदेश लोक सेवा आयोगका नवनियुक्त सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम
माननीय प्रदेश प्रमुखज्यूहरुको संयुक्त बैठक
मुख्य न्यायाधिवक्ताको प्रतिवेदन २०७८।७९
प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण कार्यक्रम
शपथ ग्रहण कार्यक्रम २०८०।०१।२९
प्रदेश लोक सेवा आयोगको आ.व. २०७८/०७९ को दोस्रो वार्षिक प्रतिवेदन ग्रहण कार्यक्रम।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं प्रतिवेदन आ.व. २०७९/८० ग्रहण कार्यक्रम।
माननीय प्रदेश प्रमुख पृथ्वीमान गुरुङज्यूको विदाई कार्यक्रम
माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको स्वागत
माननीय प्रदेश प्रमुखज्यू सलामी ग्रहण गर्दै
माननीय प्रदेश प्रमुखज्यूबाट पदभार ग्रहण
माननीय प्रदेश प्रमुखज्यू नवनियुक्त माननीय मन्त्री श्री राजीव गुरुङज्यूलाई शपथ ग्रहण गराउनु हुदै
Latest News
About Us
नेपालको संविधानले नेपाल एक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य हो भनि परिभाषित गरेको छ । संविधानको धारा ५६ मा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको मूल संरचना, संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ भन्ने व्यवस्था छ । यसै बमोजिम नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने व्यवस्था रहेको छ । नेपालको हालको संघीय राज्यको संरचनामा एक संघ, सात प्रदेश र ७५३ वटा स्थानीय तह रहेका छन । संघीयता कार्यावन्यन गर्ने चरणमा संवत २०७४ सालमा प्रदेश तहको निर्वाचन सम्पन्न भएको छ ।
संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा राष्ट्रपतिबाट नियुक्ति हुने गरी प्रदेश प्रमुख रहने व्यवस्था रहेको छ । तदनुरुप नेपालको सातै प्रदेशमा एक एक प्रदेश प्रमुख रहने गरी संवत २०७४ साल माघ ५ गते प्रदेश प्रमुखको नियुक्ति भएको छ ।
प्रदेश प्रमुखको नियुक्ति संगै यस प्रदेशमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको छ । कास्की जिल्लाको सदरमुकाम पोखराको पार्दी स्थित सहिदचोकमा साविक अध्यागमन कार्यालयको भवनमा मिति २०७४ माघ ७ गते यो कार्यालय स्थापना भएको हो । यस कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृतले प्रशासनिक कामको नेतृत्व गर्ने गरी कूल १९ जना कर्मचारीहरुको दरबन्दी रहेको छ ।
संविधान बमोजिम प्रदेश प्रमुखबाट मुख्यमन्त्री, मन्त्री एवं सभामुखको नियुक्ति एवं शपथ गराउने, प्रदेश सभाबाट प्रमाणिकरणको लागि पेश हुन आएका विधेयकहरु प्रमाणिकरण गर्ने कार्य यस कार्यालयको मुख्य काम हो । यि कार्यहरु सम्पादन प्रदेश मन्त्रीपरिषद्को सिफारिस र सम्मतीबाट हुने गर्दछ ।