सम्पर्क ठेगाना
प्रदेश प्रमुखको कार्यालय
गण्डकी प्रदेश, पोखरा, नेपाल
फोन: +९७७-०६१-४५७५५५
फ्याक्सः +९७७-०६१-४५७६६६
ईमेल mailto:info.oph@gandaki.gov.np
माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको स्वागत
माननीय प्रदेश प्रमुखज्यू सलामी ग्रहण गर्दै
माननीय प्रदेश प्रमुखज्यूबाट पदभार ग्रहण
माननीय प्रदेश प्रमुखज्यू समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गण्डकी प्रदेशको पाँचौ वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुँदै आयोगका माननीय अध्यक्षज्यू
लेखा अधिकृत श्री ईश्वरी प्रसाद घिमिरे र शाखा अधिकृत श्री प्रमिला गौतमलाई विदाई गर्दै
नवनियुक्त माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेज्यूले शपथ ग्रहण गर्दै
माननीय नवनियुक्त मन्त्रीहरु विन्दुकुमार थापाज्यू र डा. टकराज गुरुङज्यूले शपथ ग्रहण गर्दै
मुख्य न्यायाधिवक्ता श्री चिरञ्जीवी शर्माज्यूले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै
माननीय नवनियुक्त मन्त्रीहरु राजिव गुरुङज्यू र फणिन्द्र देवकोटाज्यूले शपथ ग्रहण गर्दै
माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूले गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८१।८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
प्रेस विज्ञप्ती
माननीय प्रदेश प्रमुखज्यू अख्तियार दुरुपयोग आयोगको आ.व. २०८०/८१ को प्रतिवेदन ग्रहण गर्दै
माननीय नवनियुक्त मन्त्री श्री भेष बहादुर पौडेलज्यूले शपथ ग्रहण गर्दै
प्रदेश सचिव श्री बद्रीनाथ अधिकारीज्यूको स्वागत कार्यक्रम
Latest News
About Us
नेपालको संविधानले नेपाल एक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य हो भनि परिभाषित गरेको छ । संविधानको धारा ५६ मा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको मूल संरचना, संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ भन्ने व्यवस्था छ । यसै बमोजिम नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने व्यवस्था रहेको छ । नेपालको हालको संघीय राज्यको संरचनामा एक संघ, सात प्रदेश र ७५३ वटा स्थानीय तह रहेका छन । संघीयता कार्यावन्यन गर्ने चरणमा संवत २०७४ सालमा प्रदेश तहको निर्वाचन सम्पन्न भएको छ ।
संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा राष्ट्रपतिबाट नियुक्ति हुने गरी प्रदेश प्रमुख रहने व्यवस्था रहेको छ । तदनुरुप नेपालको सातै प्रदेशमा एक एक प्रदेश प्रमुख रहने गरी संवत २०७४ साल माघ ५ गते प्रदेश प्रमुखको नियुक्ति भएको छ ।
प्रदेश प्रमुखको नियुक्ति संगै यस प्रदेशमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको छ । कास्की जिल्लाको सदरमुकाम पोखराको पार्दी स्थित सहिदचोकमा साविक अध्यागमन कार्यालयको भवनमा मिति २०७४ माघ ७ गते यो कार्यालय स्थापना भएको हो । यस कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृतले प्रशासनिक कामको नेतृत्व गर्ने गरी कूल १९ जना कर्मचारीहरुको दरबन्दी रहेको छ ।
संविधान बमोजिम प्रदेश प्रमुखबाट मुख्यमन्त्री, मन्त्री एवं सभामुखको नियुक्ति एवं शपथ गराउने, प्रदेश सभाबाट प्रमाणिकरणको लागि पेश हुन आएका विधेयकहरु प्रमाणिकरण गर्ने कार्य यस कार्यालयको मुख्य काम हो । यि कार्यहरु सम्पादन प्रदेश मन्त्रीपरिषद्को सिफारिस र सम्मतीबाट हुने गर्दछ ।